टायर फुटेपछि काठमाडौंबाट दिल्लीका लागि उडेको एयर इन्डियाको उडान रद्द

डिसी नेपाल
२४ मंसिर २०७९ १०:१८
84
Shares

काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि १७३ यात्रु बोकेर उडेको एयर इन्डियाको विमानको टायर फुटेपछि उडान रद्द भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।

यो विमान स्थानीय समय अनुसार दिउँसो ४ः३० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उड्ने थियो । उक्त विमानमा १६४ यात्रु र ९ चालक दलका सदस्य थिए ।

एयर इन्डियाका एक अधिकारीका अनुसार यो एयरबस ३२० विमान रनवेबाट बाहिर निकालेर पार्किङमा राखिएको थियो । विमान मर्मतको काम सकिएपछि अब शनिबार यो उडान हुनेछ ।

टायर फुट्दा विमान रनवेमा दौडिरहेको थियो र टेक अफ गर्न लागेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *