नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पतालबीच छुट सम्बन्धी सम्झौता

डिसी नेपाल
२५ मंसिर २०७९ ११:०९
36
Shares

काठमाडौँ। नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ। शुक्रबार आयोजित कार्यक्रममा बहालवाला प्रहरी कर्मचारी परिवार, अमर प्रहरी परिवार तथा पूर्व प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई मेघा अस्पतालमा उपलब्ध स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष कुसुम लता सिंह तथा मेघा अस्पतालकोतर्फबाट अस्पतालका अध्यक्ष किशोर जंग राणा र चिकित्सा निर्देशक डा.ईवराज सिम्खडाले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपदमा समेत आफ्नो ज्यानको प्रवाह नगरी सेवामा खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरी अस्पतालमा स्वास्थ्य उपचार तथा औषधिको लागि छुट दिने गरी भएको सम्झौता प्रति कृतज्ञता व्यक्त गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *