फेसबुकमा शारीरिक सम्पर्कको अफर दिएर करोडौं असुल्ने समूह पक्राउ
काठमाडौं । फेसबुक म्यासेन्जरमा शारीरिक सम्पर्कको प्रस्ताव दिएर करोडौ रुपैयाँ बार्गेनिङ गर्ने एउटा समूहलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक संजाल फेसबुकको म्यासेन्जरबाट यौन सम्बन्धको प्रस्ताव राख्दै ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । सो समूहले ३० लाख रुपैया लिइसकेको पनि प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णी गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी रहेका छन ।
‘पीडितसँग करोडौ बार्गेनिङ गरेको आरोप छ हामी अनुसन्धान गर्दैछौ’जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजनकुमार गौतमले भने । उनका अनुसार पक्राउ परेका उनीहरूले तुलसीपुरका एक जना व्यवसायीलाई करोडौ रुपैया नदिए बलात्कार मुद्दा हाल्ने भनेर धम्क्याउदै आएको र प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।
‘सुरुमा फेसबुक मेसेन्जर र मोबाइलबाट ती व्यवसायीलाइ शारीरिक सम्पर्कको प्रस्ताव राखेको र पछि बलात्कारको मुद्दा हाल्ने भनि मोटो रकम ब्ल्याकमेलिङ गरेको खुलेको छ, उनीहरुबीचको मोबाइल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको छ घर जग्गा किनिदिनु भनेको छ’, डिएसपी गौतमले भने ।
पीडित भनिएका पुरुष विवाहित र सम्पन्न परिवारका व्यक्ति हुन् भने आरोपित अनुष्का भनिने कृष्णी गहतराज डिभोर्स भएकी एकल महिला भएको प्रहरीको दावी छ । उनीहरुबीच सामान्य चिनाजानपछि शारीरिक सम्पर्क समेत भएको र उनीहरु नजिकिँदै गएको र पछि अन्य दुईजना साथीको सहयोगमा बार्गेनिङ सुरु गरेको प्रहरीको दावी छ ।
पीडित व्यवसायीले आफूलाई यौन सम्पर्कको प्रस्ताव राख्दै पटकपटक ब्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । ‘घर जगा किनुदिनु ५ करोड दिनु भनेपछि पिडित प्रहरीको सम्पर्कमा आएका हुन्’, डिएसपी गौतमले भने ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment