मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न दिक्षा अमेरिका प्रस्थान

डिसी नेपाल
२५ मंसिर २०७९ १७:०१
2.9k
Shares

काठमाडौं । मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाई वाई मिसेस नेपाल वर्ल्डकी विजेता दिक्षा केसी अमेरिका प्रस्थान गरेकी छिन। डिसेम्बर १७ मा अमेरिकाको लस भेगासमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन्।

सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठुलो र प्रतिष्ठित प्रतियोगितामा पर्ने गर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलिया लगायतका महादेशवाट ६० भन्दाबढी राष्ट्रहरुका सहभागी हुदैँछन्।

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षा मिसेस वर्ल्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन्। उनले सुपि रसाइली तथा मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछिन्।

स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दिक्षालाई हाल अमेरिकामै बसोबास गर्दै आइरहेकी नेपालकी चर्चित मेक–अप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेक–अप गर्नेछिन्। उनले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनाऊनका लागी श्री गणेश सुनचांदी पसलबाट उपहार स्वरुप प्राप्त भएको आकर्षक बुद्धको स्तुपालाई उपहार स्वरुप आयोजकलाई प्रदान गर्नेछिन्।

दिक्षाले नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई मिसेस नेपाल वर्ल्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रुपमा चयन भएकी थीईन् र उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वर्ल्डमा सहभागिता जनाउँदै छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *