ट्राफिकको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङः २०७ जनालाई कारवाही

डिसी नेपाल
२६ मंसिर २०७९ ११:३७
84
Shares

काठमाडौँ।  विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।

कारवाहीमा पर्नेमध्ये सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारवाही गरिएको छ। सोही चेकीङ्गकै क्रममा ट्राफिक नियम उल्लघन गर्ने अन्य १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ।

दुर्घटना न्युनिकरण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ। सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *