टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते

डिसी नेपाल
२६ मंसिर २०७९ १२:४४
228
Shares

खोटाङ। खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली सुमो दुर्घटना हुँदा सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल गम्भीर घाइते भएका हुन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो।

जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द भएका कारण घाइतेलाई दिक्तेलकै फेमिली केयर अस्पतालमा लगिएको थियो। फेमिली केयरले रेफर गरेका घाइतेलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए। घाइतेको दाहिने हातमा पनि समस्या देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *