अरुणाचलमा भारत र चीनका सेनाबीच ‘भिडन्त’

डिसी नेपाल
२७ मंसिर २०७९ ७:३५

लद्दाख। अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच छोटो भिडन्त भएको छ। डिसेम्बर ९ मा भएको आमनेसामनेले “दुवै पक्षका सेनालाई सामान्य चोटपटक“ लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो। चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ। पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो।

यी मध्ये सबैभन्दा नराम्रो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए। चीनतर्फ पनि ठूलो क्षति भएको थियो। यो घटनाले दुई राष्ट्रहरू बीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो।

सैन्य कमाण्डर तहमा सम्पन्न धेरै बैठकपछि भारतीय र चिनियाँ सेना लद्दाखको गोगरा–हट स्प्रिंग्स लगायतका मुख्य बिन्दुहरूबाट फिर्ता भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *