दुई आयुर्वेदिक औषधि बिक्रीमा प्रतिबन्ध
काठमाडौँ। औषधि व्यवस्था विभागले दुई आयुर्वेदिक औषधिमाथि प्रतिबन्ध लगाएको छ। साथै बजारबाट ती औषधि फिर्ता गर्न उत्पादक तथा बिक्रेताहरूलाई निर्देशन दिएको छ।
विभागले अम्लपित्तका लागि वैद्यबाट सफारिस हुँदै आएको अविपत्तिकर चूर्ण र निर्मल चूर्ण नामक आयुर्वेदिक औषधिको बिक्रीमा प्रतिबन्ध लगाएको हो।
अविपत्तिकर चूर्णलाई गोर्खा आयुर्वेद कम्पनी र निर्मल चूर्णलाई भाष्कर हर्बस्युटिक्ल्सले उत्पादन गर्दै आएका छन्। दुवै कम्पनीले भारतको आयुर्वेदिक फार्माकोपिया, २०१६ मिचेको विभागको ठहर छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment