मदिरा बोकेको गाडीसहित दुई जना पक्राउ

डिसी नेपाल
२७ मंसिर २०७९ ११:५७
56
Shares

महोत्तरी।  महोत्तरीबाट मदिरा बोकेको गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।  जिल्लाको मटिहानी नगरपालिका ७ स्थित परिक्रमा गाछी ईलाकाबाट प्रहरीले करिब ९ लाख ६४ हजार रुपैयाँ बराबरको ४० कार्टुन सोफी र २ कार्टुन मेडुवा मदिरा बोकेको गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारतमा घर बताउने ३६ वर्षिय राजा साह र २२ वर्षिय अजित कुमार रहेका छन्। बी.आर.०६ पी.बी.९७११ नम्बरको बोलेरामा राखेर नेपालबाट भारततर्फ चोरीनिकासी गर्न लागिएको उक्त मदिरा तथा गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद मदिरा तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *