जानीजानी हत्या गरेर दुर्घटनाको रुप दिन खोजेको आरोप, बालाजु प्रहरी वृत्तमा चर्को प्रदर्शन
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–३ तीनपिप्लेमा शंकास्पद रुपमा मृत्यु भएका २३ वर्षीय सबिन फुयालको जानीजानी हत्या गरिएको आरोप लगाइएको छ छ । टिपरका चालक र सहचालकले उनको जानीजानी हत्या गरेर घटनालाई दुर्घटनाको रुप दिन खोजेको स्थानीयले आरोप लगाएका छन् ।
आइतबार राती सबिनको बागमती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । तर सविनको शव भने घटनास्थलभन्दा केही पर फेला परेको थियो । दुर्घटना भएको ठाउँबाट शव अस्वाभाविक रुपमा पर भेटिएको हुँदा उनलाई जानीजानी मारेर त्यहाँ फालिएको स्थानीयले आरोप लगाएका छन् । सबिनलाई स्थानीयले भेटेलगत्तै ग्रिनसिटी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका थिए ।
प्रहरीले सविनको मोटरसाइकललाई बा ५ ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको थियो । तर, स्थानीयले उनको हत्या नै भएको भन्दै चर्को विरोध प्रदर्शन गरेपछि यसको अनुसन्धान प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । स्थानीयले चालकलगायतले मिलेर सविनको हत्या गरेको आरोप लगाएका छन् ।
स्थानीयले पहिले टिपरले ठक्कर दिएपछि दुर्घटनास्थलमा घाइते भएका सविनलाई केही पर बालुवाको थुप्रोमा लगेर हत्या गरिएको स्थानीयको दावी छ । पीडित पक्ष तथा स्थानीयले उनको हत्या नै भएको भन्दै आरोपितलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । सोमबार स्थानीयले चर्को विरोध प्रदर्शन गर्दै ढुंगामुढा पनि गरेका थिए ।
स्थानीयले महालक्ष्मी एन्ड बलामी डिपोका टिपर चालक र सहचालकमाथि हत्याको आरोप लगाएका छन् । उनीहरुले डिपोका टिपर तोडफोड पनि गरेका छन् । प्रहरीले डिपो सञ्चालक विमल बलामी र चालक शिव बलामीलाई पक्राउ पनि गरेको छ । पीडितले कर्तव्य ज्यानको उजुरी दिएका छन् । उनीहरुले प्रहरीले दुर्घटनाको मुद्दा बनाएर अनुसन्धान गर्न खोजेको आरोप लगाएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment