महानगर दिवसका अवसरमा सैनिक मञ्चमा नि:शुल्क स्वास्थ्य शिविर

डिसी नेपाल
२८ मंसिर २०७९ १२:४०
44
Shares

काठमाडौँ। २८औं महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले नेपाली सेनासँगकाे साझेदारीमा बृहत् स्वास्थ्य शिविर र नि:शुल्क औषधि वितरण गरिरहेकाे छ।

बुधबार र बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म बिरामीको नाम दर्ता र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य परीक्षण गरिने जनाइएकाे छ। सहिदगेटस्थित नेपाली सेनाको खेल मैदानमा उक्त शिविर सञ्चालन भइरहेको सेनाले जनाएको छ।

शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, स्त्री रोग, अल्ट्रा साउण्ड बालरोग, आँखा रोग, नाक कान घाँटी रोग, नसा तथा मानसिक रोग तथा दन्तरोगसम्बन्धी परीक्षण र औषधि वितरण भइरहेकाे काठमाडौं महानगरपालिकाले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *