राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै, विराट एक्स्पो उद्घाटन गर्ने

डिसी नेपाल
२९ मंसिर २०७९ ८:३३
56
Shares

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी आज मोरङको विराटनगर जाने भएकी छन्। मोरङ उद्योग संगठनको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न उनी त्यसतर्फ जान लागेकी हुन्।

कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी  एक सातासम्म सञ्चालन हुनेछ।

राष्ट्रपतिको सवारीलाई मध्येनजर गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एकीकृत सुरक्षा योजना बनाएर सुरक्षा व्यवस्था गरिएको छ।

राष्ट्रपति भण्डारीले बुधबार मात्र भोजपुरको रामप्रसाद राई गाउँपालिका-५  मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *