भारतीय अभिनेता ओबराय नेपालमा

डिसी नेपाल
२९ मंसिर २०७९ ९:४१
228
Shares

काठमाडौँ।  भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन् । उनी आफ्नो परिवारसहित घुम्न आएका हुन्।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ। “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ”, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने। नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *