हेराफेरी ३ लाई दुई स्क्रिप्ट लक

डिसी नेपाल
२९ मंसिर २०७९ ११:३५
628
Shares

मुम्बई। फिल्म ‘हेराफेरी ३’ सुरुवातदेखि नै चर्चामा छ । निर्माता फिरोज नाडियाडवालाको यो फिल्म हाल स्क्रिप्टिङ स्टेजमा छ। यो फिल्मका लागि निर्माताले दुई स्क्रिप्ट लक गरेका छन् । स्क्रिप्ट लक भएलगत्तै स्टार कास्टको फाइनल गर्ने तयारी पनि भएको छ।

निर्माता फिरोज ‘हेराफेरी ३’ लाई जसरी पनि बनाउन चाहेकाले उनले दुई स्क्रिप्ट लक गरेका हुन्। सामाजिक सञ्जालमा यो फिल्मलाई लिएर बहस सुरु भएपछि फिरोज दुई स्क्रिप्ट लक गर्न बाध्य भएका हुन्। उनले एउटा स्क्रिप्ट अक्षयको लागि र अर्को स्क्रिप्ट कथमकदाचित अक्षय अनुबन्धित नभएको अवस्थामा अर्को अभिनेताका लागि तयार गरेका हुन्।

अक्षयको स्क्रिप्ट त्यहीबाट सुरु हुन्छ, जहाँ ‘फिर हेरा फेरी’ सकिएको थियो। कार्तिकको स्क्रिप्टमा भने दुई राजुको कथा लेखिएको छ। यो कथा पछिल्लो दशकको सुरुमा टुटेको थियो, जब ‘हेरा फेरी ३’ जोन अब्राहम र अभिषेक बच्चनका साथ बनाइएको थियो।

फिल्म स्रोतका अनुसार फिरोज र अभिनेता अक्षयले पुनः ‘हेरा फेरी ३’का लागि संवाद सुरु गरेका छन्। त्यस्तै फिरोजले अर्का अभिनेता कार्तिक आर्यनसँग पनि सहकार्यका लागि पेपरवर्क सुरु गरिसकेका छन्। यो फिल्मका लागि कार्तिक उत्तिकै उत्साहित छन्।

कार्तिक पनि यो फ्रेञ्चाइजीलाई न्याय दिन आफू सक्षम रहेको दाबी गर्दै आएका छन्। ‘उनी आफ्नो युवा शक्तिको प्रयोग गरेर यसलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छन्, जसरी उनले त्यो शक्तिको प्रयोग ‘भूल भुलैया’मा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *