महोत्तरीको रामगोपालपुरमा झडप हुँदा चार प्रहरी घाइते, नेहा र निहारिका पक्राउ

डिसी नेपाल
२९ मंसिर २०७९ १६:३३
620
Shares

काठमाडौं । महोत्तरीको रामगोपालपुर ५ मा स्थानीय र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका छन् । प्रहरीले नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई पक्राउ गर्ने क्रममा झडप हुँदा चार जना प्रहरी घाइते भएका हुन् ।

उनीहरुलाई प्रहरीले रामगोपालपुरबाट जिल्ला प्रहरी कार्यालय लगिएको छ । एसपी कृष्ण पंगेनीले सवारी साधन तोडफोड गरेपछि नियन्त्रणमा लिने क्रममा झडप भएको बताए । मंसिर २६ गते घरेलु हिंसा मुद्दामा जिल्ला अदालत महोत्तरीले संरक्षणात्मक आदेश गरेपछि माइतबाट घर फर्किएकी नेहा चौधरीले प्रवेश नपाएको विषयलाई लिएर सुरु भएको आन्दोलनले महोत्तरीमा उग्र रुप लिएको हो ।

नेहाले घरमा प्रवेश नपाएपछि आफ्ना श्रीमान् डा. पंकज चौधरीको घरको गेटमै धर्ना बसेकी थिइन् । नेहाले पंकजको घरमा प्रवेश पाउनुपर्ने माग राख्दै गरिएको आन्दोलनमा आन्दोलनकारीहरूले ढुंगा मुढा गर्न थालेपछि २ जना सशस्त्र प्रहरी, १ जना नेपाल प्रहरी र १ जना नगरप्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी पंगेनीले बताए । त्यसक्रममाआन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *