नेपाल वायुसेवा निगमले माग्यो १४ पदका लागि १३८ जना कर्मचारी

डिसी नेपाल
१ पुष २०७९ १०:२६
92
Shares

काठमाडौँ। नेपाल वायुसेवा निगमले १४ पदका लागि कर्मचारी माग गरेको छ। नियमले चौथो तहदेखि सातौँ तहसम्मका पदहरुमा १३८ जना नयाँ कर्मचारी माग गरेको हो।

नियमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी छनोट गर्नेछ। निगमले लेखा सहायकदेखि वरिष्ठ प्राविधिक अधिकृतसम्म विभिन्न १४ पदमा दरखास्त खुलाएको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवार यही पुस २१ गतेसम्म अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दोब्बर दस्तुरी तिरी पुस २८ गतेसम्म आवेदन दिन सकिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *