हर्क साम्पाङले भने- ‘चमारे’ भनेकोमा कुनै पश्चात्ताप छैन
सुनसरी । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई दलित समुदायमाथि आघात पर्ने गरी प्रयोग गरिएको अपमानजनक शब्दप्रति माफि माग्न आग्रह गर्दा अस्वीकार गरेका छन् । उनलाई दलित समुदायमाथि लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको अपमानजनक शब्द ‘चमारे’लेखेको प्रति माफि माग्न कार्यपालिका सदस्य रावित्रि परियारले आग्रह गर्दा अस्वीकार गरेका हुन् ।
केही दिन अघि दलित समुदायप्रति लक्षित सामाजिक सञ्जालमा लेखेको भन्दै राष्ट्रिय दलित आयोग, तथा कार्यपालिकामा रहेका तिन दलित सदस्यले पनि आपत्ति जनाउँदै विज्ञप्ति नै जारी गरे । उनीहरूले नगर प्रमुख राईले माफी नमागे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
कार्यपालिका सदस्य परियारले आफ्नो गल्ती स्वीकार गरेर सबैलाई मिलाउनु पर्नेमा अझ गैह्र जिम्मेवार अभिव्यक्ति दिनुले सरकार प्रमुखले बाटो बिराएको आरोप लगाइन् । उनले आफ्नो अभिव्यक्ति नसच्याए सडक आन्दोलन गर्ने समेत चेतावनी लिइन् । तर नगर प्रमुख सामपाङले चमारे भन्ने शब्दले दलितलाई प्रतिनिधित्व नगर्ने भन्दै माफ नमाग्ने अडान राखे । साथै यस सम्बन्धि अभिव्यक्तिमा आफुँलाई कुनै पश्चात्ताप नभएको समेत जिकिर गरे ।







डिसी नेपाल







Facebook Comment