४ वर्षअघिको अभिव्यक्तिको चर्को विरोध भएपछि सोविताको प्रष्टोक्ति- मेरो बुझाइ अहिले परिष्कृत भएको छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले ४ वर्षअघिको एक अन्तर्वार्तामा दिएको विवादित अभिव्यक्तिको प्रष्टीकरण दिएकी छन् ।
चार वर्षअघि दिएको अन्तर्वार्तामा बलात्कारको घटनाबारे दिएको असंवेदनशील अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि गौतमले प्रष्टीकरण दिनु परेको हो ।
सामाजिक सञ्जालमा चर्को विरोध भएपछि गौतमले गल्ती स्वीकारे गर्दै ट्विटरमा लेखेकी छन्, ”चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ । किनकी, अध्यध्यन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । ‘पीडित’ शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर ‘सर्वाइवर’ वा ‘प्रभावित’ शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।”
चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ । किनकी, अध्यध्यन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ । ‘पीडित’ शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर ‘सर्वाइवर’ वा ‘प्रभावित’ शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।
— सोबिता गौतम (@sobita465) December 17, 2022
यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरुप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो ।
त्यस कुरा प्रष्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरुले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु ।— सोबिता गौतम (@sobita465) December 17, 2022







डिसी नेपाल







Facebook Comment