यस्ता छन् विश्व इतिहासमा आज भएका घटनाक्रम

डिसी नेपाल
३ पुष २०७९ ७:२०

आज १८ डिसेम्बर, २०२२। विश्व इतिहासमा सदा झै आज पनि सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही घटनाक्रम

राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता

सन् १९९७ मा दक्षिण कोरियाको राष्ट्रपतिमा किम डे-जुङ विजयी भएर इतिहास रचेका थिए । उनी राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता हुन् ।

न्यु जर्सी तेस्रो राज्य

१७८७- न्यु जर्सी संयुक्त राज्य अमेरिकाको तेस्रो राज्य बनेको थियो । अमेरिकी संविधानलाई पारित गरेपछि न्यु जर्सी अमेरिकी राज्य बनेको थियो ।

ट्रम्पमाथि महाअभियोग

सन् २०१९- अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाएको थियो । पदको दुरुपयोग र संसद अवरोध गरेको आरोपमा उनीमाथि महाअभियोग लगाइएको थियो । अमेरिकी इतिहासमा हाउस अफ रिप्रिजेन्टेटिभबाट महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् ।

विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण

सन् १९५८-विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण भएको थियो । अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट उपग्रह प्रक्षेपण भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *