‘दृश्यम ३’ को तयारी सुरु, फिल्मको बजेट अघिल्ला सिरिजभन्दा बढी हुने

डिसी नेपाल
३ पुष २०७९ १२:२०
308
Shares

मुम्बई। फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’को सफलतापछि यो फिल्मको तेस्रो भाग बनाउने तयारीमा निर्माण पक्ष जुटेका छन्। फिल्मको पहिलो भाग सन् २०१५ मा रिलिज भएको थियो। जबकि यसको दोस्रो भाग दर्शकमाझ आउन सात वर्ष बढी समय लागेको थियो।

फिल्म ‘दृश्यम २’ हालसम्म बक्स अफिसमा दुई सय २० करोड रुपैंयाँ कलेक्सन गरिसकेको छ। यो फिल्म अझै पनि कैयौं थिएटरमा प्रदर्शनरत छ।

फिल्मका निर्माता तथा निर्देशक अभिषेक पाठकले तेस्रो भागका लागि पहिलो चरणको स्क्रिप्टको काम सुरु भइसकेको बताए। उनका अनुसार पहिलाको जस्तै त्यही टिमले तेस्रो भागको स्क्रिप्टको काम गरिरहेको छ।

उनले सन् २०२४ सम्ममा थिएटरमा फिल्म आउने खुलाए। ‘दृश्यम २ ले यति राम्रो ओपनिङ गर्छ भन्ने हामीले सोचेका थिएनौं। फिल्म यति हिट भयो। तेस्रो भागमा दुई भागभन्दा बढी दर्शक आउन भन्ने अपेक्षाका साथ हामी काम गरिरहेका छौं’, उनले भने।

उनले तेस्रो भागमा दोस्रो भागका कलाकार सँगै केही नयाँ कलाकार जोडिने खुलाए। फिल्मको बजेट पनि अघिल्ला दुई फिल्मको भन्दा बढी नै हुनेछ। ‘दृश्यम’को निर्देशन अभिषेक पाठकले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *