शाहरुख भन्छन्ः मुटुमा मेसी, लायक एम्बाप्पे

डिसी नेपाल
३ पुष २०७९ १२:३४
684
Shares

मुम्बई। आइतबार बेलुकी कतारको लुसेल स्टेडियममा गत विश्वकप च्याम्पियन फ्रान्स र अर्जेन्टिना फिनाले प्रतिष्पर्धा गर्दैछन्। दुवै टिमका खेलाडी विश्वकप उचाल्नका लागि तम्तयारीका साथ लागि परेका छन्।

स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन्। फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन्।

यो उच्चस्तरीय प्रतिष्पर्धालाई बलिउड अभिनेता शाहरुख खान पनि प्रतिक्षा गरिरहेका छन्। शाहरुख लियोनल मेसीका फ्यान हुन्। शाहरुखले शनिबार सामाजिक सञ्जालको आफ्नो अफिसियल ट्वीटर हेण्डलमा आस्कसरुक ट्रेण्ड चलाएर कैयौं फ्यानको प्रश्नको जवाफ दिएका थिए।

एसजे नामका एक प्रयोगकर्ताले शाहरुखलाई ‘भोलि फिफा विश्वकप फाइनलमा तपाईं कसको समर्थन गर्दै हुनुहुन्छ?,’ भनी सोधेका थिए।

शाहरुखले ‘अरे यार मुटु भन्छ मेसी। तर एम्बाप्पे पनि हेर्न लायक छन्’ भनी जवाफ दिएका थिए। शाहरुख अभिनित फिल्म ‘पठान’ रिलिजको तयारीमा छ। यो फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *