पेरुमा हिंसा जारी, नयाँ राष्ट्रपतिले राजीनामा नगर्ने

डिसी नेपाल
३ पुष २०७९ १५:००

काठमाडौं । विगत केही दिनदेखि लगातार विरोधको सामना गर्दै आएकी पेरुका नयाँ राष्ट्रपति डिना बोलोर्टेले आफूले राजीनामा नदिने बताएकी छिन् ।

डिनाले आफ्नो राजीनामाले वर्तमान राजनीतिक संकट समाधान नहुने बताएकी छन् ।

पेरुका पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई संसदले पदबाट हटाएको छ । त्यसपछि उनका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीले नयाँ राष्ट्रपतिको राजीनामा र समयमै निर्वाचनको माग गर्दै आएका छन् ।

डिनाले देशमा भइरहेका आन्दोलनलाई शान्त पार्नका लागि कांग्रेसले समयमै निर्वाचन गराउनु पर्ने बताएकी छन् ।

हिंसामा हालसम्म कम्तीमा २० जनाको मृत्यु भइसकेको छ ।

पेरुको संसदले यसअघि नै राष्ट्रपतीय निर्वाचनको मागलाई अस्वीकार गरिसकेको छ ।

पेरुका राजनीतिज्ञ र चर्चका नेताहरूले पनि राजनीतिक गतिरोध अन्त्य गर्न आपसमा कुरा गरेका छन्।

प्रदर्शनका कारण हजारौं पर्यटक पेरुमा अलपत्र परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *