चीनलाई बेलायतका लागि खतरा घोषणा गर्न संसदीय समितिको ऋषि सुनक सरकारलाई सिफारिस

डिसी नेपाल
३ पुष २०७९ १६:३४
76
Shares

काठमाडौं । बेलायती संसदीय समितिले ऋषि सुनकको सरकारलाई आफ्नो विदेश नीति पुनरावलोकन गर्न र चीनलाई बेलायतका लागि आधिकारिक रूपमा खतरा घोषणा गर्न आग्रह गरेको छ।

विदेश मामिला समितिले चीनले बौद्धिक सम्पदा चोरेको, बेलायती नागरिकलाई धम्की दिएको, ताइवानप्रति आक्रामक अडान लिएको र विकासोन्मुख देशहरूमा हानिकारक नीतिहरू लागू गरेको आरोप लगाएको छ।

बेलायतले अहिले चीनलाई प्रतिस्पर्धी देशको रूपमा हेर्छ तर बेलायती सांसदहरू बेइजिङका लागि कडा भाषा प्रयोग गर्न चाहन्छन्। ऊर्जा सुरक्षा जस्ता मुद्दाहरूमा बेलायतले चीनमाथिको आफ्नो निर्भरता घटाउनुपर्ने उनीहरूको माग छ।

तर विज्ञहरू भन्छन् कि यी सबैको बाबजुद चीन व्यापार र जलवायु परिवर्तनको मुद्दामा बेलायतको लागि आवश्यक साझेदार हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *