इजरायलले प्यालेस्टिनी मूलको मानवअधिकार कार्यकर्तालाई देश निकाला गर्‍यो

डिसी नेपाल
३ पुष २०७९ १६:४८

काठमाडौं । इजरायलले प्यालेस्टिनी मूलका फ्रान्सेली वकिल तथा मानवअधिकार कार्यकर्ता सलाह हमौरीलाई फिर्ता फ्रान्स पठाएको छ।

उनीमाथि अभियोग लगाइएको थिएन र उनी मार्चदेखि इजरायली हिरासतमा थिए। सलाह हमौरीलाई आइतबार बिहान फ्रान्सको उडानमा राखिएको थियो।

उनका समर्थकहरूले उनलाई कुनै कानुनी सहयोग नदिइएको बताउँछन्। सलाह हमौरी पूर्वी जेरुसेलमका बासिन्दा थिए तर इजरायलले उनको त्यहाँ बस्ने अधिकार समाप्त गरिदिएको थियो।

इजरायलले उनलाई सुरक्षा सम्बन्धी अपराधमा संलग्न भएको आरोप लगाएको छ। इजरायलले सलाहको पपुलर फ्रन्ट फर लिबरेशन अफ प्यालेस्टाइनसँग सम्बन्ध रहेको बताएको छ । सलाह हमौरीले यी आरोप अस्वीकार गरेका छन्।

उनका समर्थकहरूले यस निर्वासनलाई युद्ध अपराध भनेका छन् किनभने जेनेभा महासन्धिले कब्जा गरेको क्षेत्रबाट कसैलाई पनि देश निकाला गर्न निषेध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *