सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु
काबुल। अफगानिस्तानको एउटा सडक सुरुङभित्र आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन्। राजधानी काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ सुरुङमा शनिबार साँझ एउटा तेल ट्याङ्कर पल्टिएर आगलागी भएको थियो।
सामाजिक सञ्जालमा पोष्ट गरिएका तस्विरमा घटनापछि धेरै सवारी साधन जलेको देखाइएको छ। ‘इन्धन ट्याङ्कर विस्फोट भयो… म तल खसे। मेरो लुगामा आगो लाग्यो’, सुरुङमा घाइते भएका एक प्रत्यक्षदर्शीले टोलो समाचारलाई भने।
केही शवहरू जलेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment