जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष सिके राउत चयन

डिसी नेपाल
४ पुष २०७९ १४:०४
40
Shares

काठमाडाैं। जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन्।

पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए।

डा. राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ।

बैठकले दलकाे उपनेतामा अब्दुल खान,  प्रमुख सचेतकमा अनिता साह,  सचेतकमा विनिता सिंहलाइ चयन गरेकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *