खोटाङको बाक्सिला बजारमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर
काठमाडौं । खोटाङको बाक्सिलाबजारमा भीषण आगलागी भएको छ । जिल्लाको कविलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र रहेको बाक्सिला बजारमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख मञ्जिल मुकारुङका अनुसार अहिलेसम्म पाँच घर पूर्ण रुपमा जलिसकेको र आगो नियन्त्रण बाहिर रहेको छ । उनका अनुसार बजारका एक स्थानीयको घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएपछि सुरु भएको आगो अन्य घरमा पनि फैलिएको हो ।
प्रहरी निरीक्षक किरण राईको टोली आगलागीस्थलमा खटिएको छ । आगलागीमा दिपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ, शुभराज राईको घर जलेको छ । आगो फैलिन नदिन अहिले जेसिभि र स्काभेटर प्रयोग गरेर अकबर राईको घर भत्काउने काम भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment