खोटाङको बाक्सिला बजारमा लागेको आगो नियन्त्रणमा, पाँच घर जलेर नष्ट

डिसी नेपाल
४ पुष २०७९ २०:१७
36
Shares

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएका छन् ।

सोमबार साँझ लागेको आगोले बाक्सिला बजारका व्यवसायी दीपक गुरुङ, रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो । बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए । गुरुङको घरबाट सुरु भएको आगोले व्यापार व्यवसाय सञ्चालन हुँदैआएको घरहरु जलेका हुन् । बाक्सिला बजार गाउँपालिकाको केन्द्र हो ।

साँझ पौने छ बजेतिर सुरु भएको आगोलाई स्थानीय र ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुंगामाटो र पानी हालेर राती ७ः२० बजेतिर नियन्त्रणमा लिएका छन् ।

आगलागीको जानकारी आए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङको टोली पछि घटनास्थलतर्फ गएको छ । आगलागीको कारण खुल्न सकेको छैन । क्षतीको विवरण पनि आउन बाँकी रहेको डिएसपी मुकारुङले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *