उड्दा उड्दै आकाशमै इन्जिनमा समस्या आएपछि समिट एयरको जहाज नेपालगञ्ज नै फर्कियो

डिसी नेपाल
४ पुष २०७९ २२:२५
156
Shares

काठमाडौं । उड्दा उड्दै आकाशमै इन्जिनमा समस्या भएपछि समिट एयरको जहाजलाई नेपालगञ्ज फर्काइएको छ । नाइन एन एएनडी कलसाइन भएको सो जहाज आज बिहान ७ बजेर ४० मिनेटमा हुम्लाको सिमिकोटतर्फ उडेको थियो ।

समाचारअनुसार, जहाजमा १६ जना यात्रुहरु थिए । गन्तब्यमा पुग्नुअघि नै जहाजको दाहिने इन्जिनमा समस्या आएपछि चालक दलले पुनः नेपालगञ्जमै फर्काई ८ बजेर ४३ मिनेटमा सुरक्षित अवतरण गराएका थिए । त्यसपछि कतिपय यात्रुहरुले हुम्ला यात्रा नै रद्ध गरेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *