प्रधानमन्त्रीले दिए ‘मेमोरी किङ्ग’ अर्पण शर्मालाई बधाई
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मेमोरी किङ्गका रुपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिएका छन्। स्मरण शक्तिको विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका अर्पणलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिइएको हो।
१ मिनटमा ८३ वस्तुहरुको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरुलाई दिन्छन । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका अर्पणले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरुको पनि स्मरण शक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पुर्याई रहेका छन्।
शर्माले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुहरुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाएका थिए । “यो विश्व रेकर्डको प्रमाण पत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरुको भएको महसुस गर्दै आगामी दिनहरूमा अझै वर्ल्ड रेकर्डहरू राखेर नेपालको नाम विश्व सामु फैलाउने बाचा गर्दछु” उनी बताउँछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment