काठमाडौं उपत्यकाको कस्तो छ ट्राफिक अवस्था ?

डिसी नेपाल
५ पुष २०७९ १२:३०
44
Shares

काठमाडौँ। काठमाडौँको थलीस्थित तिवारी टोलमा स्थानीयले गरेको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ।

सवारी आवागमन अवरोध भएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बौद्धबाट साँखु जाने सवारीसाधन मुलपानीको बाटो प्रयोग गर्न सक्ने जनाएको छ। आउने सवारी साधन भने थलीबाट आउन सक्नेछन् ।

काठमाडौँ उपत्यकाको नागस्थान, भद्रकाली र त्रिपुरेश्वर हुँदै चल्ने सवारीसाधन क्युमा चलिरहेका छन्। केही समयअघि त्रिपुरेश्वर चोकमा सवारीसाधन बिग्रिएका कारण उक्त स्थान हुँदै चल्ने सवारी साधनको क्यु रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेको छ। यसबाहेक उपत्यकाको अन्य मुख्य मुख्य चोकहरुमा भने सवारीसाधनले ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *