एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिँदै 

डिसी नेपाल
५ पुष २०७९ १३:२४
68
Shares

काठमाडौँ। महिलाहरूला ई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ। शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित
आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो।

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ वि जेता ला ई ३ लाख नगद पुरस्का र र सम्मा नपत्र प्रदा नगरिने जनाइएको छ। एनसेलले विगत २ वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूलाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन
आइसिटी अवार्ड प्रदान गर्दै आएको छ।

गतवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित
भएकी थिइन्। महिलाहरुलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरुले यो क्षेत्रमा पुर्या एको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशी करण अर्थात डाइभर्सि टी, इक्विटी एन्ड इन्क्लुशन (डी ईआई) नीति अनुरुप एनसेलले आइसिटी अवार्डमा आवद्ध भई यो अवार्ड प्रदान गर्दै आएको छ।

आउँदो पुस ८ गते द सोल्टी काठमाडौंमा सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वहरूको सहभागीतामा आइसिटी अवार्डको ग्राण्ड फिनाले हुँदैछ। उक्त फिनालेमा वुमन आइकन सहित १२ बढी विधामा आइसिटी अवार्ड वितरण गरिदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *