किरण र रचनाको ‘लुखुर लुखुर’ रिलिज
काठमाडौँ। वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र वरिष्ठ गीतकार हिराकाजी थापाको सहकार्यमा तयार सांगीतिक कोशेली ‘लुखुर लुखुर’को भिडियो रिलिज गरिएको छ। गायिका रचना रिमाल र गायक किरण भुजेलको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठको संगीत र गीतकार थापाको शब्द रहेको छ।
काठमाडौँका रमणीय स्थानमा २ दिन लगाएर छायांकन गरिएको भिडियोमा चर्चित अभिनेता विल्सन विक्रम राई, सागर खनाल, वेदना राई, लोसlना लामिछाने, सौगात करनजीत र गंगा कुँवरको अभिनय देख्न सकिन्छ।
वैँशालु उमेरमा सुटुक्क प्रेममा पर्ने युवाहरुको कथामा लोसीना, सागर, विल्सन र बेदना गज्जबसँग खुलेका छन्। बेलायतबाट भर्चुअल माध्यमबाट ६ वटा भिडियो निर्देशन गरिसकेका निर्देशक थापाको ‘लुखुर लुखुर’ सातौँ प्रस्तुती हो। यसअघि उनले भर्चुअल माध्यमबाट बेलायतदेखि नै भिडियोको निर्देशन गर्दै आएका थिए।
गीतकार तथा निर्देशक थापाकै निर्माण रहेको भिडियोको कोरियोग्राफी प्रमोद के भण्डारीले गरेका हुन्। संजय लामाको छायांकन, प्रवीन भट्टको सम्पादन र राजेन्द्र मोक्तानको कलरिङ रहेको भिडियो द रिल्स इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment