विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं संसदीय दलको नेताका उम्मेदवार गगन थापाले दलको निर्वाचनले देश, जनता र कांग्रेसको भविष्य दिशानिर्देश गर्ने बताएका छन्।
दलको नेताका लागि मतदान हुनु केही अघि सामाजिक सञ्जालमा अपिल जारी गर्दै थापाले आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि कांग्रेसका नेताहरू तथा सांसदलाई विवेकसम्मत निर्णय गर्न उनले अपिल गरेका हुन्।
थापाले वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा रहेको बताएका छन्।
‘लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरूको उच्च सम्मान गर्दै यहाँहरुबाट मार्गनिर्देनको अपेक्षा गर्दछु, पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु, थापाले भनेका छन्।







डिसी नेपाल







Facebook Comment