अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार

डिसी नेपाल
६ पुष २०७९ १०:०६
68
Shares

काठमाडाैं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ। उनको ज्वरो सामान्य अवस्थामा छ। अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ।

अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको हो। छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ।

पछिल्लो समय पार्टीको राजनीतिक कामले दौडधुप गरेका अध्यक्ष नेपाललाई अहिले आगन्तुकसँगको भेटघाट बन्द गरिएको छ। छातीको सङ्क्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *