काठमाडौंको भृकुटीमण्डपमा जुत्ताचप्पल मेला २०७९ आयोजना

डिसी नेपाल
७ पुष २०७९ १०:५२
104
Shares

काठमाडौँ। काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले संचालनमा बृहत जुत्ताचप्पल मेला २०७९ आयोजना गरेका छन्।

जाडो महिनालाई लक्षित गरि आयोजना भएको उक्त मेलामा उपभोक्ताहरुको भिड बढन थालेको छ। सस्तो सुलभ, लगाउन हल्का,लचकदार नेपाली जुत्ताहरु भएकोले उपभोक्ताको रोजाईमा नेपाली जुत्ता चप्पलहरु परेको दावी गर्न सकिन्छ।

भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, र नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए।

यसअघि पटक–पटक महाकुम्भ जुत्ता मेला संचालन गरेको समूहले चप्पल मेला आयोजना गरेका हुन्। ‘उपभोक्ताको पहिलाको क्रेज र विश्वासलाई जित्न फेरि मेला संचालनमा ल्याएका छौं’, प्रसाईले बताए।

बजारमा सस्तो जुत्तालाई पनि महँगो मुल्य राखेर उपभोक्ताई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यती नै मुल्य राखिदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिएको मेलामा जुत्ता छानिरहेका कुरा मेला आयोजकले बताएका छन्।

एउटै छानामुनी उत्कृष्ट ब्राण्डका जुत्ताचप्पल उपभोत्ताले छानीछानी किन्न पाउनुका साथै हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको आयोजकको भनाई छ। उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ।

‘नेपाली जुत्ताचप्पल पनि यति राम्रा र गुणस्तरीय हुदा रहेछन भन्ने यही मेलामा आएर देखेपछि बल्ल थाहा पाए’ मेलामा साथीसँग घुम्न आएका भक्तपुरका विमल कार्कीले भने –‘सस्तो मुल्यमा राम्रा राम्रा जुत्ता पाएपछि परिवारका अरु सदस्यलाई पनि जुत्ता लगिदिन छानिरहेको छु।’

कोरोनाले तहसनहस भएको व्यवसायमा यो मेलाले केही आशाको संचार जगाएको छ। स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई एकै छानामुनी छानीछानी जुत्ता खरिद गर्नका लागि मेला उपयुक्त भएको छ।

‘मेलामा हामीले एकदमै सस्तो उत्पादन फ्याक्टी मुल्यभन्दा कम पैसामा नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल विक्रिवितरण गरिरहेका छौ, यसको उद्धेश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ अर्का आयोजक सबिन कार्कीले बताए।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन्। नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *