सांसदद्वय यादव र राईले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । बिहीबार शपथ ग्रहण गर्न छुटेका प्रतिनिधिसभा सांसद महिन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण गर्न छुटेका चारमध्ये यादव र राईले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सांसद यादव र राईलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बिहान साढे ११ बजे शपथ ग्रहण गराएका हुन् ।
यसैगरी, एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसकी माया राई शपथ ग्रहण समारोहमा छुटेका थिए । सांसद आले पारिवारिक शोकमा छन् भने राई सुत्केरी भएकाले अस्पतालमा भर्ना भएकी छन् ।
बिहीबार प्रतिनिधि सभाका २७१ जना सांसदले संसद् भवन नयाँ बानेश्वरमा शपथ ग्रहण गरेका थिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment