महासंघको साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेतमा

डिसी नेपाल
८ पुष २०७९ १२:४५
28
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् ।

जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

उनीहरुले साधारणसभाको सफलताको शुभकामना दिन सुर्खेत पुगेका हुन् । साथै साधारणसभामा सहभागी हुन देशभरका ६ सय बढी पत्रकार सुर्खेत पुगेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *