सिरियल किलर जेलमुक्त हुँदा प्रहरीको ससम्मान बिदाइ, बलात्कार आरोपितलाई एयरपोर्टमै हतकडी

डिसी नेपाल
८ पुष २०७९ १४:२०
652
Shares

काठमाडौं। जीवनको झण्डै आधा समय जेलभित्र बिताएका सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त हुँदा प्रहरीले ससम्मान बिदाइ गरेको छ। शोभराजले मिडियालाई आफ्नो तस्बिर खिच्न नदिन गरेको आग्रह स्वीकार्दै प्रहरीले उनलाई लुकाएरै अध्यागमन विभाग पुर्‍याएको छ।

यद्यपि नेपाल प्रहरीको आग्रह मान्ने स्ट्याइल बडो गज्जबको छ। यसरी नै यसअघि चर्चित क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको उजुरी परेको थियो। त्यतिबेला विदेशमा रहेका लामिछानेले नेपाल फर्किनुअघि सामाजिक सञ्जालमार्फत अपिल गर्दै आफू प्रहरीसमक्ष आत्मसमर्पण गर्न तयार रहेको तर हतकडी नलगाउन आग्रह गरेका थिए।

तर, सो अपिल प्रहरी सिधै खारेज गर्‍यो र भन्यो कानुन सबैका लागि बराबर हुन्छ। हतकडी नगाउन गरेको सन्दीपको अपिलमा आफू मिडियामा हतकडीसहित मिडियामा नपरूँ भन्ने नै थियो। यद्यपि प्रहरीले आरोपितलाई कुख्यात अपराधी सरह हतकडीसहित फिल्मी शैलीमा मिडियामा देखाउँदै हिरासतमा गरेको थियो।

यहाँनिर कुरा सन्दीप र चार्ल्सको होइन कुरो प्रहरीले गर्ने पक्षपातपूर्ण व्यवहारको हो। कुख्यात हत्यारा चाल्र्सलाई मिडियाबाट जोगाएर विदेश पठाउन सक्ने प्रहरीले बलात्कार आरोपित रहेका लामिछानेलाई समेत ससम्मान जेलमा हिरासतमा लैजान पनि सकिने रहेछ।

बिकिनी किलर, सिरीअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने फ्रान्सेली नागरिक शोभराजलाई सर्वोच्चले बुधबार जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश पठाउन आदेश दिएको थियो।

कुख्यात हत्याराका रूपमा परिचित शोभराजले विक्रम संवत् २०३२ मा अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए। शोभराजविरुद्ध भारत, थाइल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ।

शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको करिब समय जेलमा बिताएका छन्। नेपाल आउनुअघि सन् १९९७ सम्म उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए। तर जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *