ज्याकलिन फर्नान्डिजले बहराइन जाने आवेदन फिर्ता लिइन्, अदालतले भन्यो मुद्दा निर्णायक मोडमा
काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले दिल्लीको अदालतबाट बहराइन जानको लागि आफ्नो निवेदन फिर्ता लिएकी छिन् । उनले डिसेम्बर २३ देखि जनवरी ५ सम्म बहराइन जान अदालतसँग अनुमति मागेकी थिइन् ।
ज्याकलिन फर्नान्डिजका वकिल प्रशान्त पाटिलले बीबीसीलाई अदालतले उनको विरुद्धमा केही नबोलेको बताए । उनले भने – हामीले हाम्रो आवेदन फिर्ता लिएका छौं।
उनले भने, “अदालतले मुद्दा गम्भीर मोडमा रहेको बताएको छ। यसअघि पनि हाम्रो विदेश जाने अनुरोधलाई अदालतले स्वीकार गरिसकेको छ।”
प्रवर्तन निर्देशनालयले ३७ वर्षीया अभिनेत्री ज्याकलिन फर्नान्डिज विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । यो निकायले आर्थिक अपराधको अनुसन्धान गर्छ।
ज्याकलिन फर्नान्डिजमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप लागेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment