बालुवाटारमा देउवा र प्रचण्डबीच निर्णायक वार्ता
काठमाडौं। भावी प्रधानमन्त्रीको विषयलाई लिएर सत्तारुढ गठबन्धनका बीचमा रस्साकस्सी चलिरहेको बेला प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको छ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान लिएपछि अप्ठयारोमा परेका माओवादी अध्यक्ष प्रचण्ड सहमतिका लागि थप प्रयास गर्न बालुवाटार पुगेका छन्।
बिहान पदाधिकारी बैठक डाकेर राय लिएका प्रचण्डलाई पहिलो प्रधानमन्त्री हुनका लागि सल्लाह दिएका छन्। सोही सन्देश लिएर प्रचण्ड प्रधानमन्त्री देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment