बालुवाटार सुनसान, देशको नजर बालकोटतर्फ

डिसी नेपाल
१० पुष २०७९ १४:३८
544
Shares

काठमाडौँ। सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ। नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन भएको हो।

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर माओवादी अध्यक्ष प्रचण्ड बालुवाटारबाट एमाले अध्यक्ष ओली निवास बालकोट हानिएका छन्। बालकोटमा अहिले नयाँ सरकार गठनको लागि छलफल जारी छ।

उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी नेता अशोक राई समेत सहभागी छन्।उनीहरुबीच सत्ता सहकार्यमा सहमति जुट्दा आजै सरकार गठन हुन सक्ने सम्भावना प्रबल छ। भने, यता पहिलो आम निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने लगभग पक्का देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *