सहमतिपछि ओली र प्रचण्ड बार्दलीमा

डिसी नेपाल
१० पुष २०७९ १६:३४
836
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा र पुष्पकमल दाहाल प्रचण्ड ओली निवासको बार्दलीबाट हात हल्लाएर आफ्ना नेता तथा कार्यकर्तालाई अभिवादन गरेका छन्।

प्रधानमन्त्रीबाट हटेपछि ओलीले आफ्नो निवासको बार्दलीबाट हात हल्लाएको विषयलाई राजनीतिमा व्यंग्यको विषय बनाएका प्रचण्ड आइतबार स्वयं आफैंले सोही स्थानबाट हात हल्लाएका हुन्।

ओली निवासमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। उक्त सहमतिपछि ओली र प्रचण्ड बार्दलीमा पुगेर हात हल्लाएर अभिवादन गरेका हुन्।

एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। १६६ सांसदको समर्थनसहित प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलका शीर्षनेताहरु राष्ट्रपति कार्यालय गएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *