शपथ चल्दा चल्दै प्रधानमन्त्री प्रचण्डलाई बधाइ दिएर बाहिरिए देउवा

डिसी नेपाल
११ पुष २०७९ १७:०१
416
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरुको शपथ कार्यक्रम चल्दा चल्दै शीतल निवासबाट बाहिरिएका छन् ।

मङ्सिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ठूलो दल बने पनि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न नसकेपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

देउवाले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्दै धेरै समय भने राष्ट्रपति भवनमा रहेनन् ।

जब दाहालले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको शपथ ग्रहण गरे, त्यसपछि देउवाले दाहाललाई बधाइ ज्ञापन गरेर प्रधानमन्त्री बस्ने कुर्सी खाली गरिदिए। त्यसपछि उनी राष्ट्रपति भवनबाट बाहिरिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *