काठमाडौंमा डेरा खोज्दै सिके राउत
काठमाडौँ। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन्।
४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ।
सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर/डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन्। ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन्।
उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने।’ जनमत सरकारमा गएपनि सिके भने आफू मन्त्री बनेका छैनन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment