महान्यायाधिवक्ता खम्मबहादुर खातीको राजीनामा स्वीकृत

डिसी नेपाल
१२ पुष २०७९ १६:५६
12
Shares

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । खातीले पदबाट प्रधानमन्त्रीमार्फत दिएको राजीनामा राष्ट्रपति विद्यादेवप् भण्डारीले स्वीकृत गरेकी हुन् ।

सोमबार प्रधानमन्त्रीमार्फत खातीले दिएको राजीनामा मंगलबार राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

‘नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) मा महान्यायाधिवक्ताले प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष लिखित राजिनामा दिएमा महान्यायाधिवक्ताको पद रिक्त हुनेछ भन्ने व्यवस्था भए बमोजिम सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्रीज्यू मार्फत नेपालका महान्यायाधिवक्ता श्री खम्म बहादुर खातीले  मिति २०७९र९र११ गतेदेखि लागू हुने गरी महान्यायाधिवक्ताको पदबाट राजीनामा दिनु भएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *