शेरबहादुर देउवाले छाडे बालुवाटार

डिसी नेपाल
१३ पुष २०७९ १२:०७
220
Shares

काठमाडौँ। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन्। सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाडेका हुन्।

बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा धुम्बाराहीमा भाडाको घरमा सरेका छन्।  २८ असार २०७८ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै बालुवाटार बसेका देउवाले प्रचण्ड प्रधानमन्त्री बनेपछि धुम्बाराहीमा सरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *