लागुऔषध ब्राउन सुगरसहित चार जना युवक पक्राउ

डिसी नेपाल
१३ पुष २०७९ १२:१९
140
Shares

सिराहा। सिराहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चारजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा प्रतिबन्धित लागुऔषध विक्री गरिरहेको अवस्थामा ५.५सय ४ मिलिग्राम ब्राउन सुगरसहित चारजाना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

गोप्य सुचनाको आधारमा लागुऔषध ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार-६ को ३० वर्षीय दिपकुमार महरा, २५ वर्षीय पंकजकुमार महतो, वर्ष २० को शिरिल महरा र २५ वर्षीय संजय मोचीको साथबाट सेतो प्लास्टिकको स-सानो पोका बनाएको ७ थान ५.५४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रमुख ‘इन्सपेक्टर’ राजु केसीले जनाएको छ।

पक्राउ परेका चारैजानाको साथबाट डिजिटल तराजु, विभिन्न दरका दुई हजार भारतीय रुपैयाँ, तीन हजार नेपाली रुपैयाँ र तीन थान मोबाइल बरामद गरिएको इन्स्पेक्टर केसीले बताए। पक्राउ गरिएका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *