जसपा संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत चयन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत चयन भएका छन् ।
जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका आज तय भएको थियो ।
अध्यक्ष उपेन्द्र यादव गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पराजित भएपछि दलका नेताका लागि सङ्घीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवसहित तीन जनाको दाबी परेपनि यादव सर्वसम्मत भएका हुन् ।
प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment