पुष्प र साम्राज्ञी अभिनित फिल्म ‘तिम्रो मेरो साथ’को शिर्ष गीत रिलिज
काठमाडौँ। अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित सिनेमा ‘तिम्रो मेरो साथ’को शिर्ष गीत रिलिज गरिएको छ। ‘झिलमिल झिलमिल’ बोलको टाइटल गीतमा सिनेमा दुई मुख्य पात्र पुष्प र साम्राज्ञीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
निर्देशक रमेश एमके पौडेलकको शब्द रचना रहेको गीतमा योगेश काजि शाहकको संगीत तथा सुगम पोखरेल र मेलिना राईको स्वर सुन्न सकिन्छ। सार्वजनिक गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । गीतको अडियो तथा भिडयो उत्कृष्ट बनेको आभाष हुन्छ।
सिनेमाको यसअघि सार्वजनिक टिजर, गीत तथा ट्रेलरले दर्शकबाट राम्रो साथ पाएकाले पनि यो गीतबाट निर्माण टिमले निककै अपेक्षा राखेको छ।
सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ। आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई रमेश एमके पौडेलले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशकिय सिनेमा हो।
सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण भएको सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषालरयोगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने सिनेमामा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ। सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment